"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मुल्य वृद्धि प्रभाव : अण्डा प्रतिक्यारेट ३० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको मूल्य बढाएको छ। शनिबारबाट लागू हुने गरि मूल्य बढाइएको अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बताए। उनका अनुसार ठूलो अण्डामा प्रतिक्यारेट २५ र मध्यम साइजको अण्डामा प्रतिक्यारेट ३० रूपैयाँ बढाइएको छ।

अण्डाको मूल्य बढेपछि किसानहरूले ठूलो अण्डामा २ सय ८० रूपैयाँ पाउँनेछन् भने मध्यम साइजको अण्डामा प्रतिक्यारेट २ सय ३० रूपैयाँ पाउँनेछन्।

यसअघि किसानले ठूलो अण्डामा २५५ रुपैयाँ र मध्यम साइजको अण्डामा २ सय रुपैयाँ प्रतिक्यारेट पाउने गरेका थिए। बिक्री मूल्य भने ठूलो अण्डाको प्रतिक्यारेट २ सय ८५ र सानोको २ सय सय ३५ रूपैयाँ रहेको छ।

अण्डा उत्पादक संघले तोकेको मूल्य अनुसार ब्यापारीले अण्डामा प्रतिक्यारेट ५ रुपैयाँ नाफा खानुपर्ने छ। जस अनुसार उपभोक्ताले प्रतिगोटा १३ रूपैयाँमा अण्डा पाउनुपर्ने देखिन्छ।

तर अंण्डाको मूल्य हिजोबाट प्रतिगोटा १३ रुपैयाँ पर्ने गरि बढाइएको भए पनि उपभोक्ताले भने यस अघि नै १५ रुपैयाँ गोटासम्ममा तिरेर किन्ने गरेको गुनासो गरेका छन्।

मूल्य निर्धारण भए अनुसारले उपभोग्य बस्तु उपभोक्ताको थालीसम्म पुगे नपुगेको अनुगमन गर्ने जिम्मेवारी पाएको सरकारी निकायले आफ्नो काम प्रभावकारी तरिकाले नगर्दा यस्तो समस्या देखिएको उपभोक्ताकर्मीहरुको बताउछन् ।

सरकारको अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ताहरु मूल्य र गुणस्तर दुवैमा ठगिएको उनको भनाइ छ। अहिले अण्डाको मूल्य बढ्नुको मुख्य कारण गर्मीयाममा अण्डाको उत्पादन घट्नु र माग बढ्नु भएको अध्यक्ष केसी बताउँछन्। बजार सन्तुलन गराउन अण्डाको मूल्य बढाइएको उनको भनाइ छ।

यता अण्डा उत्पादक सङ्घले उत्पादन र बजारको मागलाई सन्तुलन गराउन मूल्य बढाएको बताइरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक सङ्घले भने अण्डाको मूल्य निर्धारण गर्नु नै नियम संगत नभएको बताएको छ।

सङ्घलाई अण्डाको मूल्य निर्धारण गर्न कानुनी मान्यतासमेत नदिइएकाले यसको मूल्य निर्धारण गर्न नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक योगेन्द्र गौचनको भनाइ छ।

‘किसानको आ–आफ्नो लागत मूल्य हुन्छ। आफ्नो लागत मूल्य आउने गरि किसानले अण्डा बेच्ने गर्छन। अण्डाको मूल्य निर्धारणका लागि कानुनी मान्यता नै दिइएको छैन्,’ उनले भने, ‘ यो बिषयमा विभागमा बोलाएरै हामी छिटै छलफल गर्छौ।’

सङ्घका अनुसार हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन भइरहेको छ। सोही अनुरूप खपत पनि भइरहेको छ। अण्डाको मूल्य बढेपनि उत्पादक किसानले भने लागत मूल्य अझै पाउन नसकेको गौचनको भनाइ छ। ‘कुखुरा पाल्ने किसानको खोरमा दाना पानी खुवाउँदा प्रतिगोटा १० रुपैयाँ ७५ पैसा लागत लाग्छ,’ उनले भने , ‘तर अहिले किसानले ९ रुपैयाँ प्रतिगोटा पाएका छन्।’

११ रुपैयाँमा बेच्दा किसानले लागत मूल्य पाए पनि अण्डाको माग घट्ने र अण्डा सञ्चित हुने भएकाले कम मूल्यमा बेच्न परेको उनको भनाइ छ।

२०७६ असार २२ गते आइतवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु