आगामी आथिर्क वर्ष २०७६/७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ
भौतिक पूर्वाधार, पर्यटन तथा सम्पदा संरक्षण र सूचना तथा सञ्चारमा जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आथिर्क वर्ष २०७६/७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा साढे १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।
भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, समाजिक विकास कार्याक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्ट्याइएको छ ।
सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पुशसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मेयर शाक्यले बताए ।
२०७६ असार १० गते मंगलवार १७:३८ बजे प्रकाशित