"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मुलुकको आर्थिक परिदृश्य उत्साहजनक रुपमा अगाडी बढ्दै

काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व सँगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन् ।
नेपाल राष्ट्रबैकको ६४ औ वार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर डाक्टर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताए ।

उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको उनको भनाई छ ।

वित्तीय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पअहअल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दै उनले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरु अघि बढेको बताए ।

उनले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तीय सबलीकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताए ।

उनले शोधनान्तर स्थितिमा केही दबाब देखिएको भएपनि समस्ठिगत आर्थिक व्यवस्थापन सकारात्मक देखिएको बताए ।

गर्भनर नेपालले नेप्से सूचांकमा भएको केही उतार चढावका बाबजुद यस आर्थिक बर्षमा पूँजीबजारको गतिविधि स्थायीत्व तर्फ उन्मुख भएको उल्लेख गरे ।

बैकका अनुसार, २०७५ चैत्र मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ ।

२०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समुहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५।७ प्रतिशत मुद्रास्फिति रहेको छ । चैत मसान्त सम्म बैक कारोबारमा आधारित सरकारको वित्तीय स्थिति १७ अर्ब २९ करोड बचतमा छ ।

संघीय सरकारको कूल खर्चमा ५ सय ९६ अर्ब ६२ करोड पुगेको छ भने यसमध्ये चालु खर्च ४ सय ४७ अर्ब ५५ करोड र पूँजीगत खर्च १ सय ३ अर्ब ४९ करोड रहेको छ । प्रदेश तथा स्थानिय तहमा बाँडफाँड हुने समेत गरि राजश्व संकलन १९।५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड पुगेको छ ।

बैकका अनुसार २०७५ चैत्र मसान्तम सम्म बैक तथा वित्तीय संस्थाका ८ हजार २ सय ५ वटा शाखा संख्या रहेको र प्रतिशाखाले ३ हजार ५ सय ६० सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता पुगेका छन् ।

फागुन मसान्त सम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा बाणिज्य बैकका शाखाहरु पुगेका छन् ।

फागुन मसान्त सम्म बैक तथा वित्तिय संस्थामा ३ खर्ब ९ अर्ब निक्षेप संकलन भएकोमा २ खर्ब ७ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । पुर्वाधार र भौतिक क्षेत्रमा लगानीको आवश्यकता पुरा गर्ने उद्देश्यले पूर्वाधार बैक स्थापना गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

संघीयता कार्यान्वनमा सघाउ पुर्याउने उद्देश्यसाथ राष्ट्रबैकको संस्थागत ढाँचामा परिर्वतन गर्ने क्रममा कर्णाली प्रदेशमा कार्यलय स्थापना गर्ने प्रक्रिया अघि बढाईएको पनि गर्भनर नेपालले जानकारी दिए ।

२०७५÷२०७६ को पछिल्लो ८ महिनाको समिक्षामा विस्तृत मुद्रा प्रवाहमा ८।४ प्रतिशत र निक्षेपमा ९।७ प्रतिशत र नीजी क्षेत्रमा १४।६ प्रतिशतले कर्जा बढेको छ ।

पुर्नकर्जा सुविधालाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्दै पुर्नकर्जाको सिमा वृद्धि गरि ५० अर्ब पुर्याईएको छ । फागुन मसान्त सम्म पुर्नकर्जाको बक्यौता २४ अर्ब ५२ करोड रहेको छ ।

राष्ट्रबैकले घर जग्गाको मुंल्याकनमा भईरहने उतारचढावलाई प्रतिनिधित्व गर्नेगरी घरजग्गा मुल्य सूचांक कार्यान्वयन गर्ने प्रक्रियालाई पनि अघि बढाएको कार्याक्रममा जानकारी दिइएको थियो ।

२०७६ वैशाख १५ गते आइतवार १२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु