"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सेयर बजारमा दोहोरो अङ्कको सुधार,कारोबार रकम पनि बढ्यो

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको सुुधारले लगानीकर्तालाई उत्साहीत बनाएको छ । लामो समयदेखि निरन्तर ओरालो लागेको बजारमा दोहोरो अंंकको सुधारले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापन नेप्से परिसूचक १६.०१ अंकले बढेर एक हजार १२७. ७७ बिन्दुमा पुगेको हो । कारोबारमा ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स ३.४३ अंकले बढेर २३९.७२ बिन्दुमा पुगेको छ ।

१७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता सेयर २९ करोड ३९ लाख ३८ हजार २०३ रुपैयाँमा कारोबार भएको छ । दश उपसमूहको कारोबारमा अनुत्पादन तथा प्रशोधन समूहको सेयर घटेको छ भने बाँकी सबै उपसमूहको सेयर मूल्य बढेको छ । उत्पादन समूहको १८.६९ अंकले घटे्दा सबै भन्दा बढी जीवन बीमा समूको १५९.३२, निर्जीबन बीमा १०५.२४, बैंकिङ १३.९२, विकास बैंक १७.९१, जलविद्युत् १७.०४, वित्त ४.४१, अन्य ५.७३, लघुवित्त २२.११ अंकले बढेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडी देखिएको छ । नेपाल लाइफले एक करोड ९९ लाख २७ हजार १९० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले एक करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी एक करोड सात लाख ६४ हजार ५३८, प्रभु बैंकले एक करोड चार लाख ६७ हजार ५३५ रुपैयाँ बराबरको सेयर किनबेच गरेका छन् ।

२०७५ फागुन २४ गते शुक्रवार १४:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु