"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सहमतिमा हायातका कामदार काममा फर्किए

काठमाडौं । काठमाडौंको पाँचतारे होटल हायातमा कार्यरत मजदूरहरू काममा फर्किएका छन्। सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू आजदेखि काममा फर्किएका हुन्।

एक सातादेखि मजदूर हडतालमा उत्रिएपछि होटल बन्द भएको थियो। श्रम कार्यालयले हड्ताल रोकेर कामसँगै वार्ता अघि बढाउन भनेपछि आजदेखि आफूहरू काममा फर्किएको होटलमा रहेको आधिकारी ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए।

२०२० लाई भिजिट नेपाल नाराका साथ सरकार अगाडि बढिरहेको समयमा ठुला र सुविधा सम्पन्न पाचँतारे होटलहरु बन्द गराइदा नेपाल घुम्न आउने पर्यटकमा नकारात्मक सन्देश जाने पर्यटन क्षेत्रका जानकारहरु बताउछन् ।

तसर्थ, सरकारले समयमा नै मध्यस्थता गरि यस्ता समस्याहरुको निराकरण गर्दै अबका दिनमा ठुला पाँच तारे बन्द नहुने वातावरणको प्रत्याभुती गर्न सके पर्यटन क्षेत्रको संभावना अझै सुदृढ हुने दिशा तर्फ अघि बढ्ने पर्यटन क्षेत्रका विज्ञ व्यवसायीहरु बताउछन् ।

कुल ४ सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा हड्तालमा उत्रिएका थिए। ती सबै आजदेखि काममा फर्किएका छन्।

२०७६ असार ४ गते बुधवार १२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु