"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कृषक ठगेको आरोपमा नेपाल वेलहोप एग्रोलाई तीन लाख जरिवाना

काठमाडौं । तोकिएको परिमाण भन्दा कम तौल राखि उपभोक्ता ठग्ने नेपाल वेलहोप एग्रो टेक प्रालि विभागको कारबाहीमा परेको छ । चितवन भरतपुर महानगरपालिका–५, कल्याणपुरस्थित विजय ब्राण्डको पेलेट दाना उत्पादन गर्ने एग्रोले तोकिएको परिमाण भन्दा कम तौलका दाना बजारमा पठाई कृषक ठग्ने गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार कारबाही गरेको हो ।

विभागले उक्त कम्पनीलाई नगद ३ लाख रुपैयाँ जरिवाना गरेको छ । भरतपुर महानगरपालिका–२३, चितवनका कुखुरा पालक किसान मनोज बोहोराले किनेको कम्पनीको ५० केजी बोराको पेलेट दाना तौलिदा कम तौल पाएपछि विभागले उक्त कम्पनी माथि कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) (क) अनुसार अनुचित व्यापारिक क्रियाकलाप तथा ऐनको दफा ३८(ङ) बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार कम्पनी माथि कारबाही गरिएको विभागले जनाएको छ ।

२०७८ वैशाख २० गते सोमवार ११:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु