"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हिउँदे वर्षाले किसानमा ल्याएको खुशी

महोत्तरी । लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन् ।

लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल ९बाली० राम्रो हुने आशले यहाँका किसानमा खुशी छाएको हो । “पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने, “तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ ।” महोत्तरीसहित मध्यपूर्वी तराईमा मङ्सिर निगल्दोयता तीनपटक राम्रो वर्षा भएको छ । “गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी प¥यो”, भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, “त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत पर्वलगत्तै यसपालि हिउँदमा तीनपटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि अब राम्रो उब्जने आश जागेको छ ।”

यसपालि मङ्सिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन ९अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली०, उखु, गहुँ र फलपूmल ९आँप, लिची, सपाटो, रूखकटहरसहित० लाई राम्रो चिस्यान भएको किसानको ठहर छ । अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैँ हुने किसान बताउँछन् ।

२०७६ माघ ४ गते शनिवार १५:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु