"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सहुलियत पसलबाट साढे ३८ लाखको चामल बिक्री, शनिबारदेखि खसीबोका बिक्री हुने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ ।
यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रु ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका चारवटा बिक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै तीन सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल बिक्री भएको न्यौपानेले जानकारी दिनुभयो ।

यस्तैगरी, एक हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ ।

दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र आठ हजार २९२ लिटर डिडिसीको घ्यू बिक्री भएको कम्पनीले छ । कम्पनीले दसँैंका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र सिमीमा रु १० छुट दिएको छ ।

शनिबारदेखि खसीबोका बिक्री

कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ”, सूचना अधिकारी न्यौपानेले भन्नुभयो । कम्पनीले यस वर्षको दसँैंका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने जनाएको छ ।

दुई जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौँमा कतीमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ ।

२०७८ असोज २० गते बुधवार १३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु