"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्नेको भिड

काठमाडौँ, कोरोना महामारी निमन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्न थालेका छन् । गोंगबुस्थित नयाँ बसपार्क बुधबार बिहानै फर्किनेहरूले खचाखच भरिएको छ ।

टिकट लिनेको घुइँचो पनि उस्तै छ । यता गह्रुँगा झोला, काखमा बच्चा बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् । बसपार्कबाट छुटेका सबै सवारी साधन यात्रुले भरिभराउ रहेको यातायात व्यवसायीहरुको भनाइ छ ।

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएकाले प्रशासनले सर्वसाधारणलाई घर फर्किन दुई दिनको समय दिएको छ । त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् ।

२०७८ वैशाख १५ गते बुधवार १३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु