आमाको पोषण सुधारका लागि सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता

दार्चुला, अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेक आमालाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो ।
अपी हिमाल गाउँपालिकाको गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले जानकारी दिP । अहिलेलाई सुत्केरी आमा प्रोत्साहन कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले जानकारी दिP । सुत्केरी तथा गर्भवती महिलालाई पोषण स्वास्थ्यमा सुधार ल्याउन अहिले थोरै बजेटको शुरुआती गरिएको भएपनि आगामी वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिइने उgको भनाइ छ ।
२०७६ माघ १४ गते मंगलवार २१:०३ बजे प्रकाशित