"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निरन्तर परेको हिमपातले जनजीवन कष्टकर : सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प

सोलुखुम्बु । निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा–जन्तरधाप–सल्लेरी–फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ । शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई सङ्घीय तथा प्रदेश राजधानीसँग जोड्ने उक्त सडकखण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुनः अवरुद्ध भएको थियो ।

आइतबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुङ्गा र सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएको थियो । साँझ करिब ५ बजे १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुनः हिमपात हुँदा सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिए ।

सोमबार बिहानैदेखि सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ ।

हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपछी प्रभावित भएका छन् । अत्याधिक हिउँकै कारण वस्तुलाई आवश्यक घाँससमेत सङ्कलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । यस्ता समयमा मौसमी रोगको सम्भावना उच्च हुने भएकाले न्यानो गरी बस्न तथा झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

२०७६ पुस २१ गते सोमवार १०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु