"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता, न्यानो कपडा र मिठोमसिनो खाने सपना अधुरै

हुम्ला । जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन ।

भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका वृद्धवृद्धालाई गाउँपालिकाले भत्ता साउनमै उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म वितरण नगर्दा निकै खल्लो लागेको सिमकोट गाउँपालिका–२ निवासी मैना बोहराले गुनासो गरे ।

छ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, एकल तथा विधवा र अशक्त अपाङ्गता भएका व्यक्तिले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको आठवटै वडाका वडाध्यक्षले रकम निकासाका लागि चासो नदिँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । वडाध्यक्षहरुले आफ्नो वडामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिकाको विवरण पालिकामा नबुझाउँदा ढिलाइ भएको उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा लेखापाल आएपछि रकम निकासा गरी अबको एक/दुई दिनभित्र रकम वितरण गरिने छ ।

भत्ता रकम आए पनि रकम निकासा गर्नका लागि कर्मचारी समायोजनले गर्दा लेखापालको सरुवा भएको हुँदा र रकम निकासा नभएको उनको भनाइ थियो ।

भत्ताको रकमबाट लत्ताकपडालगायतका विभिन्न खर्च चलाउँदै आएका वृद्धवृद्धा लामो समयसम्म भत्ता नपाउँदा निकै समस्यामा परेका छन् । कर्मचारी समायोजनका कारण र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको रेकर्ड नहुँदा रकम निकासामा ढिलाइ भएको हो । दुर्गम क्षेत्रका अधिकांश ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताकै भरमा जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । सरकारले ६० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई मासिक रु एक हजार, ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रु २ हजार, आंशिक अपाङ्गता भएका व्यक्तिलाई रु ६००, एकल महिलालाई रु एक हजार, बालबालिकालाई रु २०० उपलब्ध गराउने प्रावधान बनाएको छ ।

२०७६ मंसिर २० गते शुक्रवार १०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु