"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निर्वाचन आयुक्तमा कृष्णमानलाई अनुमोदन गर्न नसक्ने कांग्रेस र एमालेको निष्कर्ष

काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने नेपाली कांग्रेस र नेकपा एमालेले निष्कर्ष निकालेका छन् ।

कांग्रेस र एमाले दुवै दलका सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए ।उक्त संयुक्त बैठकले कृष्णमानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए ।

सुनुवाइ समितिको बैठक साँझ ५ बजे बोलाइएको छ । त्यहि बैठकले कृष्णमानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय लिने ती सदस्यले जानकारी दिए ।

२०८१ साउन १४ गते सोमवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु