"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै विश्वासको मत लिने तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको बताइएको छ ।

२०८१ साउन २ गते बुधवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु