आजदेखि काठमाडौँ महानगरपालिका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध, अटेर गरी बिक्री गरे कारबाही गरिने चेतावनी
काठमाडौं । काठमाडौँ महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ ।
दुई साताअघि १२ मंसिरमै सार्वजनिक सूचना निकालेर २७ मंसिर बुधबारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो । बुधबारदेखि महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध भएको छ ।
कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
२०८० मंसिर २७ गते बुधवार १८:३४ बजे प्रकाशित