"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निरन्तर वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौं । निरन्तर वर्षाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

ललितपुरकाे  बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको छ ।

यसैगरी बाग्लुङकाे निसिखोला गाउँपालिका-१ पाखुटे बुर्तिबाङबाट पूर्वी रुकुम जाने मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।

निरन्तरकाे वर्षाका कारण रसुवाकाे गोसाईकुण्ड गाउँपालिका-५ पासाङ ल्हामु राजमार्ग स्याफ्रूवेशी–टिमुरे सडक  खण्डको रुङ्गामा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।

यसै गरी मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिका-३ ठाडो खोलास्थित सडक खण्डमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।

नवलपरासी पूर्वमा बुलिङटार गाउँपालिका-१ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।

पर्वतकाे जलजला गाउँपालिका-७ केराबारीस्थित बेनी-मालढुङ्गा सडक खण्डमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।

म्याग्दीकाे रघुगंगा गाउँपालिका-२ बैसरी तथा स्याउलीभट्टी र अन्नपुर्ण गाउँपालिका-३ गुइँठेमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।

पाल्पाकाे तिनाउ गाउँपालिका-५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

२०८० असोज १७ गते बुधवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु