"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भदौ १५ गते काठमाडौँ महानगरमा सार्वजनिक बिदा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो दिन सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन सापारु र रोपाईं जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

२०८० भदौ १३ गते बुधवार २१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु