अब एसईईको प्रमाणपत्रमा नामथर सच्याउने समयावधि ५ वर्ष हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।
बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेकोले त्यसलाई संशोधन गरेर कम्तिमा पाँच वर्ष समयावधि राख्नुपर्ने भन्दै गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।
२०८० भदौ ७ गते बिहीवार २०:१९ बजे प्रकाशित