"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अविरल वर्षासँगै बाढी पहिरोको कारण काेशी प्रदेशका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै बाढी पहिरोको कारण कोशी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ । शनिबार देखी परेको अविरल वर्षाका कारण प्रदेशभरको जनजीवन प्रभावित भएको हो ।

ताप्लेजुङको मैवाखोलामा बाढी आइ मेरिङ्दिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ । जिल्लाको फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा पहिरो खस्दा आवागमन बन्द भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्रि सडक खण्डमा पहिरो झरी अवरोध भएको छ । झापा माेरङ र सुनसरीका कतिपय स्थानमा डुवानकाे संभावना रहेका कारण सतर्कता अपनाउन स्थानीय प्शासनले आग्रह समेत गरेका छन् ।

इलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरेको छ । साे पहिराेका कारण सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाउकाे छ ।  तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रबारे खण्डको देवीथानमा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

२०८० साउन २८ गते आइतवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु