अब अर्थ मन्त्रालयको सीसीटीभी क्यामेराको दृश्य ९० दिनसम्म सुरक्षित रहने

काठमाडौं । अर्थ मन्त्रालयमा सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ ।
अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९र८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाएर ९० दिन सम्म रहने बताइएको छ ।
यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो । सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो ।
२०८० साउन १४ गते आइतवार १९:५५ बजे प्रकाशित