भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा राँगा लिन भारत जाने टोलीको टुंगो
काठमाडौँ। भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगा लिन जाने टोलीको टुंगो लागेको छ ।
पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय पशु प्रजनन् केन्द्रको कार्यालय पोखरा, प्रजनन् केन्द्र लहान र पशु क्वारेन्टिन शाखाका वरिष्ठ पशु चिकित्सकको टोली भारत जाने भएको हो ।
नेपालको तर्फबाट टोलीको सूची स्वीकृत भइसकेको र भारतले मिति तय गरेर खबर गर्नासाथ त्यसतर्फ जाने पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा। चन्द्र ढकालले बताए ।
बाँकेको रुपैडिया नाकाबाट ल्याइने १५ वटा मुर्रालाई तीनवटा सरकारी पशु प्रजनन् केन्द्र (फार्म)मा राखिनेछ । लहान, पोखरा र नेपालगञ्जमा रहेका फार्ममा सुरुका केही दिन आइसोलेटेड सेड (अन्य पशुभन्दा छुट्टै गोठ) मा राखिनेछ ।
प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरूमा पु¥याइनेछ । यसबाट नेपाली भैँसीहरूको नश्ल सुधार तथा दूधको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
२०८० साउन ९ गते मंगलवार १९:५६ बजे प्रकाशित