"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अवैध सुन तस्करी प्रकरण: त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा निलम्बित

काठमाडौँ । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका उनी निलम्वनमा परेका हुन् ।

भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो ।

क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौं आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली नै गठन गरेको छ ।

२०८० साउन ६ गते शनिवार १९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु