विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल १५५ केजी
काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल जोख्दा १५५ केजी निस्किएको छ ।
राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।आचार्यले त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने बताए ।
उनले भने, ‘विभागले वास्तविक सुन निकाल्दिन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढ्नेछ ।’
२०८० साउन ४ गते बिहीवार २१:१० बजे प्रकाशित