काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सदनको अनधिकृत संरचना

काठमाडौ । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा भत्काएको छ।
सार्वजनिक जग्गा कब्जा गरेर भद्रकुमारी घले सेवा सदनु सञ्चालन गरेपछि उक्त भवन खाली गराइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।
सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।
२०८० साउन ३ गते बुधवार २०:१७ बजे प्रकाशित