राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दियो

काठमाडौँ। राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दिएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार जारी गरेको विज्ञप्तिमा कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने उल्लेख छ ।
योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको लिङ्देनको विज्ञप्तिमा उल्लेख छ ।
२०८० साउन ३ गते बुधवार २०:०९ बजे प्रकाशित