नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएका छन् । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भए पनि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि प्रक्रिया अघि नबढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा नै निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफल विपरीत ल्याउन लागिएको नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
२०८० वैशाख २९ गते शुक्रवार २०:०९ बजे प्रकाशित