"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

दुधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ। सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रति लिटरमै ९ रुपैयाँ वृद्धि गरेको हो। अब दूधको मूल्य ६५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।

किसानको मूल्यमै प्रतिलिटर ठूलो मूल्यवृद्धि गरिएपछि अब दूधको उपभोक्ता मूल्य सामान्य मानिसको पहुँच भन्दा महँगो हुने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन्।

यस अघि गत २७ माघ २०७८ मा तत्कालीलन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।

२०७९ फागुन १९ गते शुक्रवार १९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु