"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सरकारको आयुबारे शङ्का गर्नुपर्ने ठाउँ छैन: ओलि

काठमाडौ । मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय गर्न आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि आज साँझ ५ बजे सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको जानकारी दिनुभएको होे ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको भेटवार्ताकै बीचमा ओली निवास पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल प्रधानमन्त्री बालकोटबाट फर्किएपछि ओलीसँग पुनः छलफल गरी बालकोटबाट फर्कने क्रममा बालकोटमा भएको शीर्ष नेताबीचको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।

सरकार जे जस्तो राजनीतिक दलको सहमतिमा अगाडि बढेको छ त्यही गतिका साथ द्रूत रूपमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नभएको बताउनुभयो । “प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकबीचको भेटघाट सम्पन्न भएको छ”, उहाँले सञ्चारकर्मीलाई भन्नुभयो, “आजै साँझ ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । जे जस्ता कार्यसूचीहरू बाँकी छन्, त्यसमा एकसरो गृहकार्य भएको छ । छिट्टै सबै विषयमा आवश्यक निर्णय हुन्छ ।”

उपप्रधान पौडेलले सत्ता साझेदार दल सबै एक ठाउँमा भएको भन्दै सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनुभयो । भोलि मङ्गलबार विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै उहाँले त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुरा पनि राख्ने बताउनुभयो ।
–––

२०७९ माघ २ गते सोमवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु