"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

प्रधानमन्त्री दाहाल सरे सरकारी निवासमा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो ।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको छ ।

२०७९ पुस १३ गते बुधवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु