"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान अगाडि

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिनुभएको छ ।

दुई हजार दुई सय मत गन्दा चौधरीn] आठ सय ५३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गर्नुभएको छ । चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि हुनुहुन्छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा हुनुहुन्छ । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।

२०७९ मंसिर ५ गते सोमवार १९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु