"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।

विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते ९अक्टोबर १६०देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते ९नोभेम्बर १०मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म)मा घटेर १८ करोड रुपियाँमा पुग्ने अनुमान छ । नाफा हुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । गत अगस्त १६ ९साउन ३१ देखि असोज १५ गते० अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो । तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो ।

२०७९ कात्तिक २१ गते सोमवार १९:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु