"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

काठमाडौं । काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ ।

फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौं फोहोरमाडौंका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ ।

केन्दीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन्।

२०७९ साउन २३ गते सोमवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु