एकैदिन थपिए ९१२ जना कोरोना संक्रमित, ३७० निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४१ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ५५० एन्टीजेन परीक्षणमा ३८३ जना संक्रमित फेला परेका छन् । २४ घण्टामा जम्मा ६ हजार ४९१ नमुना परीक्षण गरिएको थियो ।
२४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको मन्त्रालयले जनाएको छ ।
२०७९ साउन २० गते शुक्रवार १९:५२ बजे प्रकाशित