"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘नेपाल चेम्वर एक्स्पो–२०२२’ को यहाँ आज उद्घाटन गर्दै उहाँले नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जानुसमेत सरकारको प्राथमिकताको विषय रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भव हुँदैन, निकासी प्रवद्र्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।” व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचारप्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकाससमेतमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसतर्फ आगामी दिनमा आयोजकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यही असार ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल र बङ्गलादेशमा उत्पादित स्थानीय वस्तुलाई प्रदर्शनीमा राखिएको छ ।

प्रधानमन्त्री देउवाले निकासी प्रवद्र्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एक्स्पोले धेरै वस्तुलाई एकै स्थलमा व्यापार गर्ने स्थान उपलब्ध गराउने मात्र नभई उत्पादन र उपभोक्ताबीच सीधा सम्पर्क पनि गराउँछ, जसका कारण उत्पादकले बजारको मागसमेतलाई आकलन गरी व्यापार प्रवद्र्धन गर्न सक्छन ।”

२०७९ असार २ गते बिहीवार १८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु