महङ्गी र मुल्यबृद्दीको बिरोधमा कन्जुमर आई नेपालद्वारा थाल ठट्टाएर बिरोध प्रदर्शन

काठमाडौ । कन्जुमर आई नेपालले महंगी र मुल्य बृद्धिकाे विराेध गरेको छ । कन्जुमर आई नेपालले शुक्रबार माईतीघर मण्डलामा विराेध कार्यक्रम गरेको हो। कार्यक्रममा महिलाहरूले थाल ढट्टाएर विराेध प्रर्दशन गरेका थिए।कार्यक्रममा कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले बजारमा भएको महंगी र मुल्यबृद्धिले गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका बताउनुभयो। उहाले भन्नुभयो ‘पटकपटक सरकारले पेट्राेलियम पदार्थ पेट्रोल ,डिजेल र ग्यासमा भएको मुल्य बृद्धिले उपभोक्ताकाे ढाड सेकेकाे छ।त्यसैले पेट्रोलियम पदार्थमा लगाईएकाे विभिन्न बहानाका शुल्क हटाई उपभोक्तालाई राहत दिनु पर्ने साथै खाने तेलमा भएकाे मुल्य बृद्धि नियन्त्रण गरि कालाे बजारी गर्नेलाई कारवाहि गर्नुपर्ने , बजार अनुगमन लाई प्रभावकारी बनाउनु पर्ने ,माग राख्नुभयाे।’ त्यस्तै कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्माले सरकारले तत्काल मूल्य वृद्धि नियन्त्रण गरि उपभोक्तालाई राहतदिनुपर्ने बाताउनुभयो । उहाले भन्नुभयो ‘जनतालाई छिमेकी मुलुकहरूले विभिन्न राहतका कार्यक्रम ल्याएका छन् तर हाम्रो सरकारले जनतालाई राहत दिननसकेकाे बताउदै राहत दिन माग गर्नुभयो’ ।त्यसैगरी कञ्जुमर आई नेपालकि महिला दवाव समूह सदस्य शारदा उप्रेतीले उपभोक्ता हित संरक्षणका लागि सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसकेर उपभोक्ता महंगीकाे मारमा परी सरकार विहिन राज्य विहिन जस्तो निरीह भएकाछन् भन्नु भयो ।सरकार बदनाम भएको छ। कार्यक्रममा बाेल्ने सबै पेट्रोलियम पदार्थको मुल्य बृद्धि नियन्त्रण गर्नु पर्नेमा जाेड दिनुभएको थियोे ।
२०७९ जेठ २७ गते शुक्रवार २१:४४ बजे प्रकाशित