"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

काठमाडौं । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौँ उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूउपयोग नियमावली–२०७९ मार्फत यस्तो व्यवस्था गरिएको हो ।

सरकारले नयाँ भूउपयोग नियमावली–२०७९ लाई सोमबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । नियमावलीमा जग्गा टुक्रा गर्दा यदि आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान ९प्लट मिलान० गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरेको छ । जसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । यसैगरी, ५ सय वर्ग मिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

२०७९ जेठ २५ गते बुधवार २०:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु