सवारी चालक अनुमतिपत्र लिन अब बिचौलियाको फन्दामा पर्न पर्दैन: ठुलो भर्याङ्ग कार्यालयका प्रमुख थापा

काठमाडौं । यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गका कार्यालय प्रमुख सञ्जय थापाले सवारी चालक अनुमतिपत्र लिन अब बिचौलियाको फन्दामा पर्न नपर्ने वताएका छन् । उनले यातायात क्षेत्रलाई सुधार्न लागि परेको बताएका छन् । प्रमुख थापाले सवारी चालक अनुमतिपत्रका विषयमा कञ्जुमर आई नेपालले देखाएको चासो प्रति कञ्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालसँग यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गको कार्यालयमा गरिएको छलफलको क्रममा अब सेवाग्राहीहरुले दलालको फन्दामा पर्न नपर्ने बताएका हुन् ।
कार्यालय प्रमुख थापाले कोभिड १९ ले गर्दा रोकिएको फारम भरेका लिखित परीक्षा पास भएका तर परीक्षा दिन नपाएका परिक्षार्थीहरूले उनीहरूको पालो अनुसार ट्रायल दिने व्यवस्था मिलाईएको बताए । उनले ३ वर्ष पछिको डेट ३ महिनामा आउन सक्ने ब।ताउदै यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गको वेबसाइट हेर्न समेत आग्रह गरेका छन् ।
उनले कार्यालयमा सेवाग्राही मैत्री सेवा दिनका लागि सधै लागि परेको बताए । सेवाग्राहीको माग र चाहनालाई ध्यान दिएर कार्यालयले काम गरिरहेको उनको धारणा थियो । ‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ, गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो’ उनले भने ।
ठूलो भर्याङ्ग अन्तर्गत भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्राली गुर्जुधारामा रहेको ट्रायल सेन्टरमा आम नागरिकहरूका लागि व्यवस्थित तरिकाले ट्रायल दिने व्यवस्था मिलाइएको बताए ।
२०७८ चैत २४ गते बिहीवार १२:०२ बजे प्रकाशित