ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी
![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2021/12/lalita-niwas.jpg)
काठमाडौं । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले राससलाई जानकारी दिनुभयो । सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।
२०७८ पुस १६ गते शुक्रवार २०:३९ बजे प्रकाशित