"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप १ सय ८९ जनामा सङ्क्रमण पुष्टि, ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा खोप

काठमाडौं । देशभर थप १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थप २५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५७२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड १५ लाख ५७ हजार ०८३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा र १ करोड १९ लाख ७४ हजार ५८८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

२०७८ पुस ३ गते शनिवार १६:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु