"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताए ।

आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले छ करोड खोपको सुनिश्चितता गरेको बताए । मन्त्री खतिवडाले भने, “करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छाँै, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन ।”

उनले १२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी दिए । अमेरिकामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीन पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल पाँच वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उनको भनाइ छ ।

उनले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बताए ।

अहिले केन्द्र र स्थानीय सरकार भए पुग्छ, प्रदेश सरकार चाहिँदैन भनेर बहस चलेको बताउँदै मन्त्री खतिवडाले भने, “प्रदेश चाहिँदैन भनेर निर्णयमा पुग्ने बेला आइसकेको छैन, अहिले यो प्रयोगात्मक परीक्षणमै छ, अझै कार्यकाल प्रयोगात्मक अवस्थामा प्रदेश सञ्चालन भएपछि मात्रै त्यस बहसका बारेमा छलफल गर्ने बेला आउँछ ।”

स्वास्थ्य बीमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बीमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई अहिले तिरेको रु तीन हजार ५०० पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बीमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको जानकारी दिए ।

एमालेका अध्यक्ष केपी ओलीको गुटका रूपमा पार्टी चलेपछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भने, “नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनि बस्नुपर्ने भएपछि पार्टीबाट विद्रोह गरेका हौ‌, ७० करोड, ओम्नी र मनोहरा कटाउँछौँ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह ग¥यौँ ।”

२०७८ मंसिर ३ गते शुक्रवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु