"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

बेमौसमी वर्षाको पीडाः काटेर राखेको धान खेतमै उम्रियो

कञ्चनपुर , लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन् ।सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् ।

लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दला राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित हुनुभएको छ । “लगातारको चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उहाँले भन्नुभयो, “बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ । केही धान बाला सहित कुहिएको छ ।” दुई बिघा खेतमा लगाइएको धान वर्षभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याउनुहुन्थ्यो । बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो ।

“समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौँ । खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो”, उहाँले भन्नुभयो, “बाली भित्र्याउने बेलामा परेको पानीले सबै सखाप पा¥यो । बेच्दै आएको धान अब खरिद गरेर खानुपर्ने अवस्था आइलागेको छ ।” उहाँको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीले बगाएकोे छ । खेतमा बचेको धान कुहिए पछि कामै नलाग्ने भएको छ ।

२०७८ कात्तिक ६ गते शनिवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु