"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७/०७८ मा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो ।

वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।

२०७८ असोज ४ गते सोमवार १२:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु