"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नेपालमा कोरोना खोपको ट्रायल धमाधम, तीन अस्पतालमा दुईवटा खोपको लागि सरकारको अनुमति

काठमाडौं । विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।

यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ ।

२०७८ भदौ १८ गते शुक्रवार १८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु