"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सार्वजनिक यातायातमा बढाइएको भाडा फिर्ता लिन कञ्जुमर आइ नेपालको माग

काठमाडौं । उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले सार्वजनिक सवारी साधनमा बढाइएको भाडादर तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । सरकारले उपभोक्ता सर्वसाधारण जनताको ढाड सेक्ने गरी सवारी साधनको भाडा बृद्धि गरेको भन्दै संस्थाले सरकारसँग भाडा वृद्धि फिर्ता लिन आग्रह गरेको हो ।

संस्थाकि अध्यक्ष विमला खनालले बिहिबार बिज्ञप्ती जारी गर्दै कोरोनाका कारण काम गुमाएर जीवन धान्न धौ धौ परिरहेको बेला सार्वजनिक यातायातमा भएको भाडा बृद्दिले उपभोक्ता झनै मारमा परेको बताएकि छिन् । साथै सवारी साधनको भाडादर बृद्दि भएसँगै थप वस्तु र अन्य सेवाको पनि मुल्य बृदिद् भएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

उपभोक्ताको ढाड सेक्ने गरी अधिकतम २८ प्रतिशत सम्म मूल्य बृद्धि गराएको भन्दै अध्यक्ष खनालले विरोध जनाएकि हुन् । उनले बढाइएको भाडा अबिलम्ब फिर्ता लिन समेत सरकारसँग जोडदार माग गरेकि छन् ।


गत बुधबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले बढ्दो महँगी, पेट्रोलियम पदार्थको मूल्य बृद्धि लगायत गाडीको स्पेयर पार्टसहरुको मूल्य बृद्धिलाई मध्यनजर गर्दै अन्तर प्रदेश (लामा दुरीका) यात्रुबाहक सवारी तथा मालबाहक ढुवानी साधनको भाडा बृद्धि गरेको थियो ।

२०७८ असार ३१ गते बिहीवार २०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु