"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यातायातको भाडा २८ प्रतिशतले बढ्यो, तत्काल फिर्ता लिन उपभोक्ताकर्मीहरुको माग

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुबाहक सवारी साधनका साथै मालबाहक सवारी साधनको समेत भाडादर समायोजन गरिएको जनाएको छ । विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको छ । लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि भएको छ ।

महामारीको मारमा परेका कारण भाडा समायोजन हुनुपर्ने यातायात व्यवसायीले माग गर्दै आइरहेका थिए । तर, भाडा वृद्धिले आम जनता मारमा पर्ने र अन्य क्षेत्रमा पनि महंगी बढ्ने उपभोक्ता अधिकारकर्मीहरुको चिन्ता छ ।

यसरी भाडादर बढेपछि कञ्जुमर आइ नेपालकी अध्यक्ष बिमला खनालले घोर आपत्ती जनाएकि छिन् । यसरी पटक पटक सवारी साधनको भाडा बढेपछि उपभोक्ता मारमा परेको उनको भनाइ छ । साथै अध्यक्ष खनालले बढेको भाडादर तुरुन्तै फिर्ता लिन सरकारसँग माग समेत गरेकि छन् ।

२०७८ असार ३१ गते बिहीवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु