"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

महाशिवरात्रिमा पशुपतिमामा नागा बाबालाई मङ्गलबारदेखि शुक्रबारसम्म निर्वस्त्र रहने अनुमति

काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ ।

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ ।

२०७७ फागुन २५ गते मंगलवार ०९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु