"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, व्यापक रूपमा फैलनुका कारण यकिन भएन

काठमाडौं । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो । आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले बताए ।

उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण यकिन भइसकेको छैन । ‘यो हाम्रो प्रकृतिमा एक स्थापित रोगजस्तै हो, यो वर्षैभरि रहिरहन्छ  उनले भने ।

यो भाइरसका माध्यमबाट सर्ने रोग भएकाले किसानले कुखुरामा रोग देखिनुअगावै भ्याक्सिन लगाएमा रोग आफै नियन्त्रण हुन्छ । तर, कतिपय स्थानमा भ्याक्सिन लगाएका कुखुरामा समेत रोग पुष्टि भएकाले भाइरसको क्षमता परिवर्तन भएको अथवा भाइरसले भ्याक्सिनलाई जितेको हुन सक्ने अनुमान पशुसेवा विभागकोे रहेको छ । विभागले देशैभरका विभिन्न स्थानमा रानिखेतले व्यापक रूप लिएको बताएको छ ।

२०७७ फागुन २० गते बिहीवार ०८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु