पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षनिकट अनेरास्ववियूले नेपाल आयल निगम घेराउ गरेको छ । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार बिहान देशभरका क्याम्पसमा विरोध प्रदर्शन पनि गरेका थिए ।
सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।
२०७७ फागुन ६ गते बिहीवार १५:४४ बजे प्रकाशित