"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेश जाने ४० वर्ष मुनिका महिलालाई वडाको सिफारिस र पारिवारिक सहमति चाहिने, महिला अधिकारकर्मीहरुद्धारा आलोचना

काठमाडौं । अब महिलालाई विदेश जान वडाको सिफारिस अनिवार्य गर्ने तयारी गरिएको छ । अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि २०६५ संशोधनको मस्यौदा तयार पारेको छ ।

साथै विदेश जानेहरुको हकमा १५ लाखको बीमा र एक हजार डलर अनिवार्य लिएर जानु पर्ने प्रस्ताव गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिनुभयो । विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाहरुको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केहि नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागु नभएर जोखिम मुलुकमा लागु गर्न खोजिएको विभागको भनाई छ ।

साथै पटक–पटक विदेश जाने र आउने गरेका महिलाहरुको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पार्नु भयो । विभागले सरोकारवाला निकाय संग छलफल गरि उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साता अघि मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उहाँले बताउनुभयो ।भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्ने छ ।

यता महिला अधिकारकर्मीहरू भने यो संशोधन गलत मनसायबाट आएको बताउँछन्। संविधानले नै महिलाको हक अधिकार ग्यारेन्टी गरेको सन्दर्भमा आउने यस्ता प्रावधान विभेदकारी रहेको उनीहरूको भनाइ छ।

चार दिनअघि विभागले पठाएको कार्यविधि संशोधन प्रस्ताव गृहमा विचाराधीन छ। गृह मन्त्रालयबाट निर्णय नहुँदै संशोधन प्रस्तावमा तीव्र असन्तुष्टि देखिएपछि मन्त्रालय हच्किएको छ।

विशेषगरी यो प्रस्तावमा भ्रमण भिसामा जाने महिलाहरूलाई पारिवारिक तथा स्थानीय निकायको अनुमति चाहिने प्रावधानको आलोचना भइरहेको छ।

के अब भिजिट भिसामा विदेश जाने महिलाले अनिवार्य अनुमति नै लिनुपर्ने तर पुरुषले चाहिँ नपर्ने ? भनेर महिला अधिकारकर्मीहरूले  प्रश्न उठाइरहेका छन् ।

२०७७ माघ २९ गते बिहीवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु