"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

२४ घण्टामा थप ४०३ जनामा कोरोना, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ ।

२०७७ माघ १ गते बिहीवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु